१९ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा संयुक्त संघर्ष समितिको मोटरसाइकल र्याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हरि अधिकारी

कपिलवस्तु, ८ पुस । प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा विगत एक महिनादेखी चरणबद्ध रुपमा आन्दोलन गदैं आएका कपिलवस्तु लगायत पश्चिम नेपालका जिल्लामा आज मोटरसाइकल र्याली सम्पन्न भएको छ ।

सरकारले ५ नम्वर प्रदेशबाट पहाडी जिल्लालाइ अलग गराएको विरोधमा विगत १ महिनादेखी चरणबद्ध रुपमा आन्दोलन गदैं आएका एमाले, नेपाली कांग्रेस, राष्टिय जनमोर्चा, माले लगायतका राजनितिक दलका कार्यकर्ताले आज दिउंसो १ बजेबाट एकैसाथ कपिलवस्तु रुपन्देखी, गुल्मी, अर्घाखांची, पाल्पा, प्युठान, रोल्पा लगायतका जिल्लाका मुख्य बजारमा मोटरसाइकल र्याली गरि विरोध प्रर्दशन गरेका छन् ।

कपिलवस्तुमा विरोध स्वरुप आज जिल्लाको ४ नम्वर जितपुरबाट शुरु भएको र्याली गजेहडा, ओदारी, जहदी, बुड्ढी हुंदै गोरुसिंगेमा आएर कोण सभामा परिणत भएको थियो । गोरुसिंगेमा भएको कोण सभामा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्राइले बोल्दै संसदमा दर्ता गराएको संविधान संसोधन विधेयक फिर्ता नलिंदासम्म आन्दोलन जारी रहने चेतावनी दिनुभएको थियो ।

सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले जनताको आन्दोलन अव कुनै पनि हालतमा नरोकिने दावी गर्नुभयो । सभामा नेपाली कांग्रेसका युवा नेता पदम खनालले यथाशिघ्र संविधान संसोधन प्रस्ताव फिर्ता लिनु पर्नेमा जोड दिनुभयो ।