२ कार्तिक २०८३, सोमबार

‘यौटा फूल फुल्दै जान्छ, अर्को झर्दै जान्छ’ (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किरण वरालको शब्द, संगीत र स्वर रहेको ‘यौटा फूल…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियो बुद्ध थापाको छायाङ्कन र निशान घिमिरेको सम्पादनमा तयार भएको हो । संगीत संयोजन आशिष अविरलले गरेका छन् ।

यौटा फूल फुल्दै जान्छ, अर्को झर्दै जान्छ

आज रोएँ भोलि रुन्न, बानी पर्दै जान्छ…

वियोगान्त गीत भए तापनि जीवनको यथार्थलाई स्वीकार गर्दै भविष्यप्रति आशावादी रहेर जिउने दृढता गीतमा पाइन्छ । आफुसँग नजिक भएको मानिस छुटेर जाँदा पीडा हुन्छ तर पीडाकै विषयमा अल्झिनु राम्रो होइन भन्ने भाव गीतले समेटेको छ ।

वरालको दोस्रो गीति संग्रह सिम्रिकको पहिलो गीतको म्युजिक भिडियोमा केकी अधिकारी र अमृत रिमालको अभिनय रहेको छ । भिडियोमा केकी र अमृतले श्रीमान-श्रीमतीको भुमिका निर्वाह गरेका छन्  । उनीहरुबीच सम्बन्धविच्छेदको कथावस्तुमा भिडियो तयार पारिएको छ । उक्त गीतमा गीतलेखन आफ्नो मुख्य कर्म भएको र व्यावसायिक रुपमा गायनमा नलाग्ने उनको भनाइ छ । यो गीत वरालले स्वर दिएको पहिलो गीत हो ।

पिपुल टु पिपुल मिडियाले उत्पादन गरेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । सिम्रिक एल्बमको बजार व्यवस्थापन रास क्रियसनले गरेको छ ।

भिडियो