१९ कार्तिक २०८३, बिहिबार

सरकारविरुद्ध एमालेसहितका नौ दल एक ठाउँमा, पत्रकार सम्मेलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । संविधान संशोधनको विपक्षमा रहेका एमालेसहितका नौ राजनीतिक दलहरूले सरकारविरुद्ध सशक्त आन्दोलन घोषणा गर्ने भएका छन् ।

एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार पुस १० गते आइतबार पत्रकार नौ दलहरूले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलन र आफूहरूको भावी योजनाबारे जानकारी दिइनेछ ।

पत्रकार सम्मेलन नेकपा (एमाले), नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी र मधेश समता पार्टी नेपालले संयुक्त रुपमा गर्न लागेका हुन् ।

संशोधनको विरुद्धमा रहेका यी दलहरू पुस २२ गते काठमाडौंमा भव्य प्रदर्शन पनि गर्दैछन् ।