१९ कार्तिक २०८३, बिहिबार

किन स्थगित भयो केपी ओलीको सिरहा आउने कार्यक्रम ? अब माधव नेपाल आउँदै

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादव

सिरहा, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको चेतावनीपछि प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिरहा आउने कार्यक्रम स्थगित भएको छ ।

सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो ।

कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ ।

यता, मोर्चाका कार्यकर्ताले आज लहानमा नेकपा एमालेको पार्टी झण्डा जलाउँदै कार्यक्रम विथोल्ने प्रयास गरिरहेका छन् ।

एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् । सदनको वरिपरिको झण्डा हटाए मोर्चाको कार्यकर्तालाई नछाड्ने एमाले यूवा नेता कमलदेव यादबले बताए ।

लहान बजारभरी आज विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । चौक चौकमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले र मधेसी मोर्चाको कार्यकर्ताबीच झडप हुन नदिन बाहिरबाट समेत सुरक्षाकर्मी लहान बोलाएको ईप्रका लहानले जनाएको छ ।