१ कार्तिक २०८३, आइतबार

ताइवान सम्बन्धित विषयमा अन्यथा नबोलेमा चीन ट्रम्पलाई सहयोग गर्न इच्छुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ७ पुस । राष्ट्रकै “मार्मिक अभिरुचि” को मामिलामा एकले अर्काको सम्मान गरेमा मात्र दुई देशबीचको पारस्परिक सम्बन्ध र मित्रता प्रगाढ र दीगो हुने बताउँदै चिनियाँ विदेश मन्त्रीले अमेरिकासँगको सम्बन्धमा विगत केही हप्तादेखि नयाँ जटिलता पैदा भएको जनाउनु भएको छ ।

करिब दुई हप्ताअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “ताइवानसँगको सम्बन्धबारे पुनः मूल्याङ्कन गरी अमेरिकी धारणा र सोचमा परिवर्तन गर्न सकिने” भनी दिनु भएको टिप्पणीउपर चिनियाँ विदेश मन्त्री वाङ्ग यिले पुनः प्रतिक्रिया जनाउनु भएको हो ।

विदेशमन्त्री वाङ्गले चीनको पिपुल्स डेली दैनिक समाचारपत्रलाई अन्तर्वार्ता दिने क्रममा ताइवानको अस्तित्वसँग गाँसिएको “एक चीन नीति” मा कुनै पनि सम्झौता हुन नसक्ने जनाउँदै ताइवानबारे डोनाल्ड ट्रम्पको टिप्पणीले चीनको मर्ममा प्रहार गरेको बताउनु भयो ।

ताइवान सम्बन्धित विषयमा अन्यथा विचार व्यक्त नगरेमा ट्रम्प प्रशासनलाई सहृदय सहयोग गर्न चीन सदैव इच्छुक रहेकाले दुई राष्ट्रबीचको पुरानो सम्बन्धमा नौलो जटिल विषय प्रवेश हुन नपाओस् भन्ने चीनको सद्भाव रहेको समेत विदेशमन्त्री वाङ्गले बताउनु भयो ।

यस डिसेम्बर महिनाको सुरुतिर नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानको सम्बन्धमा विद्यमान अमेरिकी धारणा र नीतिमा परिवर्तन गर्न सकिने भनी दिनु भएको अभिव्यक्तिउपर चीनले तत्कालै कडा प्रतिक्रिया जनाई यसको बिरोध गरेको थियो ।

संयुक्त राज्य अमेरिकाले औपचारिक रूपमै सन् १९७९ देखि नै चीन अन्तर्गतका थुप्रै अन्य स्वशासित क्षेत्र सरह ताइवान पनि चीनकै अभिन्न अङ्ग मान्दै आएकाले ताइवानको स्वामित्वका सम्बन्धमा त्यसभन्दा अघिका सबै विवादहरू सल्टिई कूटनीतिक सन्तुलन कायम भै आएको थियो ।

हाल आएर अमेरिकी राष्ट्रपतिकै मुखबाट अकारण यस विषय पुनः चर्चामा आएकाले चीन झस्किएको जनाइएको छ । – एपी