१९ कार्तिक २०८३, बिहिबार

संशोधन प्रस्ताव संसदबाट असफल पार्न एमालेलाई सहरी विकासमन्त्रीको चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

नुवाकोट, ७ पुस । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनमा तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

विहिबार गृहजिल्ला पुगेका मन्त्री केसीले विदुर नगरपालिकास्थित नुवाकोट बहुमुखी क्याम्पसद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कांग्रेस, एमाले माओवादी मिलेर बनाएको र कार्यान्वयनमा पनि मिल्नुपर्ने बताए ।

‘मुलुकमा देखिएका समस्या समाधानमा तीन दल मिल्नुपर्छ,’ मन्त्री केसीले भने- ‘संविधानका जननी पनि तीन दल हुन् । संरक्षण पनि हामीले नै गर्ने हो । असन्तुष्टिलाई संशोधन गरेर भित्र ल्याउने काम पनि हाम्रो हो ।’ राष्ट्रिय एकताका लागि तीन दलको एकता हुन जरुरी रहेको मन्त्री केसीको भनाई थियो ।

मधेसी मोर्चाको माग पूरा गर्न संविधानमा संशोधन आवश्यक रहेको भन्दै उनले सहयोग गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरे । ‘एमालेले संसदमा अवरोध होइन् सहयोग गर्नुपर्छ । संदीय व्यवस्थाको पालना गर्नुपर्छ,’ केसीले भने ।

राष्ट्रिय सहमतिको वातावरण तीन दिल मिलेर नै बनाउने हो भन्दै मन्त्री केसीले एमालेलाई रुष्ट बनाएर जाने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

‘सरकारको प्रस्तावमा संसदमा भोटिङ हुन्छ । यदि एमालेलाई मान्य छैन् भने विपक्षमा बहुमत पुगाओस् र प्रस्ताव असफल पारोस् । तर, संसदमै ठप्प पार्ने काम रोक्नुपर्छ,’ एमालेलाई चुनौति दिँदै मन्त्री केसीले भने ।

कार्यक्रममा कांग्रेस सांसद जगदिश्वर नरसिंह केसीले एमालेलाई संसदीय प्रक्रियाको उल्लंघन नगर्न चेतावनी दिए । ‘एमालेले सात पटक संसद अवरोध गरिसकेको छ । संसदीय प्रक्रियामा आओस् । विपक्षमा मतदान गरोस । सक्छ भने प्रस्ताव फेल गरोस्,’ उनले भने ।

कार्यक्रममा सहरी विकासमन्त्री केसीले क्याम्पसको सभाहल भवनको शिलान्यास गरेका थिए ।