१९ कार्तिक २०८३, बिहिबार

सौतेला दुई छोराको हत्या गर्ने आमालाई जन्मकैदको फैसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी पुस ७ । श्रीमानले सौताका छोरालाई माया गरेको झोंकमा विष खुवाएर दुई बालकको हत्या गर्ने महिलालाई अदालतले सर्वश्व सहित जन्मकैदको फैसला गरेको छ ।

गुल्मीको हाडहाडे ९ की २५ वर्षीय शान्ता पुनलाई जिल्ला न्यायधिश मातृकाप्रसाद मरासेनीको इजलासले आज सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

पैmसलासंगै उनी जेल चलान भएकी छन् । उनले २०७२ माघमा ७ वर्षे विवेक पुन र ५ वर्षे बिक्रम पुनलाई खानासंगै बिष खुवाएर हत्या गरेकी थिईन् । प्रहरीका अनुसार बिवेकलाई बिषले नभेटेपछि घा“टी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए ।

अनुसन्धानमा ज्यान सम्बन्धी महलको १३ (२) र (३) अनुसारको कसुर गरेको ठहर हुन आएकाले सर्वश्व सहित जन्मकैद फैसला भएको उनले बताए ।

मुलुकी ऐनको १३ (२)मा हत्या गर्ने योजनाले बिष वा बिषालु पदार्थ खुवाएम र १३ (३) अनुसार हत्या गर्ने उद्देश्यले साना हतियार प्रयोग गरेको वा थिचेको वा दवाएको पाईएमा सर्वश्व सहित जन्मकैद हुने व्यवस्था छ ।