१९ कार्तिक २०८३, बिहिबार

दुर्गाको शवयात्रामा हजारौ सर्वसाधारण सहभागी, रुपन्देही बन्द फिर्ता

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ६ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई शहिद घोषणा गर्ने, हत्यारालाई तत्काल कानुनी कठघारामा ल्याउने र जिल्लामा आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्ने जिल्ला प्रशासन कार्यलयको लिखीत प्रतिबद्धता पछि उनको शब बुधबार दिउंसो लुम्बिनी अन्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

सहमतिपछि पोस्टमार्टम गराई एमालेका उपमहासचिवद्वय घनश्याम भुसाल, विष्णु प्रसाद पौडेल, युवा संघका केन्द्रिय अध्यक्ष राजिब पहारी उपाध्यक्षद्वय राजु गुरुंग, दिलु पन्त, महासचिव किरण पौडेल, एमालेका केन्द्रिय नेताहरु, युवा संघका केन्द्रिय नेताहरु तथा तिवारीको परिवार एवं जिल्लाका सुरक्षा निकायका प्रमुखको रोहबरमा उनको शब बुझिएको थियो ।

अन्चल अस्पतालबाट उनको शब बाहिर निकाल्दा बुटवलको राजमार्ग चौराहादेखी पुस्पालपार्क सम्मको सडकखण्डमा रहेका हजारौं व्यक्तिहरुले तिवारीप्रति श्रदान्जली व्यक्त गरेका थिए ।

हत्यरालाइ कारबाहि गर, जिल्लामा शान्ति सुरक्षा कायम गर । दुर्गा तिवारी अमर रहुन् । दुर्गा तिवारीलाई शहिद घोषणा गर ।। भन्ने प्ले कार्ड ब्यानर बोकेका हजारौं मानिसहरु उनको पार्थिब शरिरमा श्रदान्जली अर्पण गर्न लामबद्ध थिए । हजारौं मानिसहरुको सहभगाीता रहेको उक्त सडकखण्डमा एमाले नेता कार्यकर्ता मात्र नभएर आम सर्वसाधरण, संघसंस्थाका प्रमुख, सरकारी कार्यालयका प्रमुख, अन्य विभिन्न राजनितीक दलका प्रमुख तथा कार्यकर्ता र आम नागरिक एवं युवा विद्यार्थिहरु घण्टौं सडकमा खडा भएर उभिरहेका देखिन्थे ।

अस्पतालबाट शब निकालेपछि पुस्पलाल पार्कमा आयोजित शोक सभामा एमाले उपमहासचिवद्धय विष्णु प्रसाद पौडेल र घनश्याम भुसाल तथा युवा संघका अध्यक्ष राजिव पहारीले शोकमन्तब्य व्यक्त गरेपछि हिडेको शब रयाली भर्खरै तिवारीको गृह नगर देवदह नगरपालिका स्थित खैरेनी बजारमा पुनः शोकसभा सम्पन्न भएको एमाले जिल्ला सदस्य उमा अधिकारीले जानकारी दिइन् ।

खैरेनी बजारमा आयोजित शोक सभालाई एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, अर्का केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष राजु गुरुंग, एमाले जिल्ला सचिवलाय सदस्य सिद्धीचरण भट्टराई लगायतले सम्बोधन गर्दै खैरेनीबासीले दुर्गाको सपना साकार पार्न शोकलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । नेताहरुले दुर्गाको राजनितीक उचाई र इमान्दारीताबाट डराएर अपराधीक मनोवृतिले युक्त कायर तत्वले उनको हत्या गरेको जनाए ।

शोकसभालाइ सम्बोधन गदै नेताहरुले दुर्गाको सपना जनताको बहुदलीय जनबाद मार्फत समृद्ध, शान्त समाज निर्माण भएकोले सबै आम समुदायले उनको सपनालाई साकार पार्नकोलागी एकताबद्ध भएर विखण्डनकारी, राष्ट्रघाति तत्वको विरुद्ध जाइलाग्न पनि आग्रह गरे ।
नेताहरुले तिवारी एमालेको इमान्दार, अनुशासीत,देशभक्त र विकासप्रेमी युवा नेता भएको जनाउंदै उनको हत्याको मुख्य जड राजनिती नै भएको तर्क गर्दै उनको परिवारलाइ राज्यले हेर्नुपर्ने पनि बताए ।

नेताहरुले देवदहकै मनोज पुन भन्ने व्यक्तिले फोन मार्फत दुर्गाको हत्या आफुृले गरेको भन्ने भ्रम फैलाएर समाजमा त्रास सृजन ागर्न खोजेको जनाउदैं त्यसको सत्यतथ्य केही दिनमै बाहिर आउने जनाउदैं अपराधीक व्यक्तिलाइ कडा भन्दा कडा कारबाहि हुने समेत तिवारीका आफन्त समक्ष व्यक्त गरेक थिए ।

शोकमा डुबेको खैरेनी बजार र त्यस आसपासका बासिन्दालाइ सम्बोधन गर्दै एमाले नेताहरुले दुर्गाको सपनालाई जसरी पनि पुरा गराएरै छाड्ने बारम्बार प्रतिबद्धता व्यक्त गर्दै भनेका थिए “अमर शहिद दुर्गा तिवारीको सपना साकार पार्दै विखण्डनकारी तत्वलाई परास्त गर्न सबै एक भई शोकलाइ शक्तिमा बदल्नुस् । ”

नेताहरुले दुर्गा तिवारी खैरेनीको वा रुपन्देहीको मात्रै नभएर सिंगो मुलुकको राजनितक योद्धा भएको जनाउदैं उनको हत्या गरेर हत्याराले नेपालकै सुरक्षामा मात्रै चुनौती थपेको छैन सरकारी रबैयालाई पनि उदांगो बनाएको बताए ।

रुपन्देही बन्द फिर्ता

यसैबीच युवा संघ रुपन्देहीले आहवन गरेको रुपन्देही बन्द फिर्ता गरेको जनाएको छ । संघका सचिवलाय सदस्य देवराज पोखरेलद्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याले आफुहरुलाइ अत्यन्तै मर्माहत तुल्याएको र सो सम्बन्धमा हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउनकोलागी आहवन गरिएको अनिश्चीतकालिन रुपन्देही बन्द तत्काल फिर्ता लिइ आन्दोलनको स्वरुप फेरिएको जनाइएको छ ।

विज्ञप्तीमा जिल्ला प्रशासनले लिखीत रुपमा दुर्गा तिवारीलाइ शहिद घोषणा गर्ने, हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउने र जिल्लामा शान्ति सुरक्षा चुस्त राख्ने प्रतिबद्धता जनाएपछि आन्दोलनको स्वरुप फेरिएको जनाइएको छ । साथै विज्ञप्तीमा भनिएको छ “सम्झौता अनुसार कार्यन्वयन नभए वा हत्यारालाई तत्काल कानुनी कठघारामा नल्याए पुनः कडा संघर्षका कार्यक्रम घोषणा समेत गरिने छ ।”