१९ कार्तिक २०८३, बिहिबार

सामाजिक कार्यमा होटल व्यवसायी बम, छोरीको जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन सिंह

महेन्द्रनगर, ६ पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका होटल व्यवसायी सुरेन्द्र बहादुर बमले छोरीको जन्मदिनका अवसरमा बिहीबार यहाँस्थित वृद्ध सेवा केन्द्रमा न्यानो लुगा तथा खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

छोरी आरक्षा बमको दशौं जन्मोत्सवका अवसरमा उहाँले बेदकोट नगरपालिका–८ रौटेलामा रहेको वृद्धाश्रममा आश्रय लिदै आएका १० जना वृद्धवृद्धाहरुलाई ब्लायाङ्केट, पाँच क्वीन्टल चामल, २० किलो दाल, १० किलो चिनी, २ किलो चिया, २० प्याकेट विष्कुट, ३ किलो दुग्ध पाउडर तथा फलफुल लगायतका सामाग्रीहरु वितरण गरेका हुन ।

‘छोरीको जन्मदिनमा भोजभतेरमा अनावश्यक खर्च गर्नुभन्दा वृद्धाश्रममा सहयोग गरौं भन्ने विचार भयो,’ बाणीमा होटल इट एन पार्क सञ्चालन गर्दै आएको बमले भन्नुभयो ।

दाताहरुको सहयोगमा सञ्चालन हुदै आएको वृद्धाश्रममा चिसो मौसमका बेला न्यानो लुगा पाएपछि वृद्धाश्रममा आश्रय लिदै आएका वृद्धवृद्धाहरुले खुसी व्यक्त गरेका छन् । ‘दाताहरुकै सहयोगले आश्रम चलेको छ,’ वृद्धाश्रम सञ्चालक समितिका उपाध्यक्ष मोहन बहादुर चन्दले भन्नुभयो– ‘अहिले वृद्धाश्रम सञ्चालनमा धेरै समस्याहरु छैनन् ।’

बमले छोरीको जन्मदिनमा आफूहरुलाई यसरी खाद्यान्न, कपडा तथा फलफूल वितरण गरेकोमा सम्पूर्ण वृद्ध श्रम सेवा समिति परिवार हर्षित बनेको बैजनाथ धाम तथा वृद्ध श्रम सेवा समिति उपाध्यक्ष मोहन बहादुर चन्दले बताउनुभयो ।

केही दिनअघि पनि व्यवसायी बमले कञ्चनपुरका स्व. पत्रकार कर्ण बोहराका मृगौला पीडित श्रीमती ममता बोहराका उपचारर्थ समेत रु ११ हजार भन्दा बढी रकम सहयोग गरेका थिए ।

पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय बम होटल व्यवसायका साथै निर्माण व्यवसायी समेत हुन् ।