२ कार्तिक २०८३, सोमबार

पाकिस्तानले किन हटायो भारतीय फिल्ममाथिको प्रतिबन्ध ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । काश्मिर मुद्दामा दुई देशबीच विवाद बढेपछि पाकिस्तानले भारतीय फिल्ममा प्रतिबन्ध लगायो ।

उक्त प्रतिबन्ध सोमबारबाट अन्त्य भयो । पाकिस्तानी फिल्म हलहरुमा भारतीय फिल्म चल्न थाले । अब यसको कारण खोजिन थालिएको छ ।

आखिर बलिउड फिल्ममाथिको प्रतिबन्धबाट पाकिस्तान किन पछाडी हट्यो ? यसको जवाफ भर्खरै बीबीसीले फेला पारेको छ ।

पाकिस्तानी सिनेमा हल सञ्चालकहरुले वित्तिय नोक्सानी र दुई देशको विवाद साम्य हुन थालेको स्थितीलाई मध्यनजर गर्दै बलिउड फिल्ममाथिको प्रतिबन्ध हटाएका हुन् ।

पाकिस्तानको सबैभन्दा ठूलो सिनेमा नेटवर्क सनी पैक्सका महाप्रबन्धक मोहसिन यासिन भन्छन्– ‘पाकिस्तानमा भारतीय फिल्म खुल्ला गर्ने निर्णय पूर्ण रुपमा कारोबारी फैसला हो र यसलाई कुनै दोस्रो नजरले हेर्नुहुँदैन् ।’

उनले यो सिलसिलामा भारतीय फिल्म निर्देशक र वितरकसँग पनि सम्वाद भएको र उनीहरुले पनि दुई देशबीचको तनाव कम भन्ने चाँहेको स्पष्ट पारे ।

पाकिस्तानको यो कदमलाई भारतीयहरुले सकारात्मक निर्णय भनेका छन् ।