१९ कार्तिक २०८३, बिहिबार

भारत जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को महिना भारत जाने भएका छन् ।

उडिसा राज्यको पुरीस्थित गोर्वद्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म तीन दिन चल्ने बिमला भवानीको मूर्ति प्रतिस्थापन विशेष समारोहमा सहभागी हुन ज्ञानेन्द्र भारत जान लागेको निर्मल निवासले जनाएको छ ।

शंकराचार्य जगद्गुरु श्वामी निश्चलानन्द सरस्वतीको आश्रम रहेको क्षेत्रमै हुन लागेको समारोहमा पूर्वराजा ज्ञानेन्द्रले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।