१९ कार्तिक २०८३, बिहिबार

बिनु पुलामी हत्या प्रकरण: श्रीमान्, ससुरा र सासु कारागार चलान

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ६ पुस । हेक्लाङ्ग गाविस– ६, का बिनु पुलामी हत्याका आरोपि तीनै जनालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।

पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण र सासु पार्वतीलाई मङ्गरबार जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । तीनै जना प्रतिवादीको बयानवादी र प्रतिवादीको तर्फबाट थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिनुभएको हो ।

सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले तीनै जनालाई ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम मागदाबीसहितको बहस गर्नुभएको थियो । प्रहरीले प्रमाण र विभिन्न पक्षको बयानसहित अदालतमा घटनाको २४औँ दिनमा मुद्दा पेस गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शर्माले सरकारवादी मुद्दा भएकाले पुलामीको पक्षबाट बहस गर्दै आरोपी दीपेन्द्र, उनका बुबा लक्ष्मण र आमा पार्वती हत्यामा संलग्न भएकाले दोषी देखिएको बताउनुभयो । रासस