२ कार्तिक २०८३, सोमबार

युएईमा नेफ्टा फिल्म अवार्डको तयारी पूरा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आउदो शुक्रबार अर्थात डिसेम्बर २३ तारिक दुबईको अल नासरमा हुने नेफ्टा फिल्म अवार्डको अन्तिम चरणको तयारी पूरा भएसंगै कलाकारहरुको आगमन सुरु भएको छ ।

नेपाली चलचित्रमा क्षमतावान कुसल अभिनय र गुणस्तरीय २०७२ सालमा बनेका चलचित्रलाई दर्शकसामु ल्याउन सफल १२० भन्दा धेरै अहिलेका चर्चित कलाकारहरु दुबई आउने भएका छन ।

नेफ्टा अवार्डका लागि राष्ट्रिय नाचघर काठमाडौंमा स्टेजकार्यक्रमका लागि राजेश हमाल, करिश्मा मानन्धर, छुल्ठिम गुरुङ, सलोन बस्नेत, अनुबिक्रम शाही, पूजा शर्मा, माला लिम्बु लगायतका थुप्रै कलाकारहरुको तीब्र रिहर्सल भैरहेको र उनीहरुले स्टेज प्रस्तुति दिने जानकारी पाप्त भएको छ ।

नेपाली चलचित्र यूएईभित्र प्रदर्शन हुँदै गर्दा नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि दुबईमा कार्यक्रम तय हुँदै गर्दा यसले नेपाली चलचित्र जगतलाई नयाँ सिर्जना गर्न आत्मबल प्रदान गर्दै नेपाली काल र पर्यटनलाई समेत अन्य देशका सामु परिचित बनाउने एउटा माध्याम बन्न सक्नेछ ।

आउँदो शुक्रबार साझ ७ः३० देखि ४ घण्टासम्म चल्ने कार्यक्रममा युएईलाई कर्मथलो बनाएर बस्ने नेपाली दाजुभाई तथा दिदी बैनिहरुको मनोरंजनको एउटा सुवर्ण अबसर भएको हुँदा पूर्ण एक्यबद्धता रहने अपेक्षा आयोजकले गरेको छ ।

कार्यक्रमलाई भब्य बनाउन युएईको बिभिन्न ठाउँहरुबाट आउनजानका लागि यातायातको ब्याबस्था गरिएको छ ।