२ कार्तिक २०८३, सोमबार

यी दुई नायिकाले कांग्रेसको सदस्यता लिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसहितका दर्जन बढी कलाकारले नेपाली कांग्रेसको सदस्यता लिने भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बिहान हुने विशेष कार्यक्रममा अध्यक्ष बोगटीसहित नायिका सरिता लामिछाने, रिस्ता बस्ने, कलाकार प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत दर्जनौँ कलाकारहरूले कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

कलाकारहरूले विभिन्न दलको सदस्यता लिने क्रम चलिरहेका बेला कांग्रेसमा पनि कलाकारहरू प्रवेश गर्न लागेका हुन् ।

यसअघि गायिका कोमल ओली र नायिका रेखा थापा राप्रपामा प्रवेश गरेका थिए ।