३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीबाट हिल्सा पुल उद्घाटन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल आज यहाँ आयोजित समारोहमा उद्घाटन गर्नुभएको छ ।

रु. सात करोड ५० लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।

प्रधानमन्त्री दाहालले राजनीतिक दलका मागबमोजिम विद्युत् उत्पादनका लागि एक अध्ययन टोली पठाउने, सिमकोट मैदानमा रु तीन करोड निकासा गरी आङ्गिक क्याम्पसलाई प्राथमिकता दिने, पर्यटकीय महत्व रहेको सिमकोट–हिल्सा सडक निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।

खाद्यान्न समयमै ढुवानीका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोज भइसकेको छ भन्दै उहाँले कर्णाली करिडोर हिल्सा–सिमकोट हुँदै बाँके जिल्लाको जमुनासम्मको बाटो नेपाली सेनाको सहयोगमा निर्माण गरिने जानकारी दिनुभयो ।

सहमति र सहकार्यमा संविधान संशोधन गर्न सबैसँग छलफल गर्दै अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मानसरोवर कैलाश यात्रामा स्थानीय जनता र कर्मचारीलाई समेत सहज हुनेगरी परिचयपत्रको व्यवस्था गर्न सुझाव दिनुभयो ।

सो अवसरमा जिल्लाका राजनीतिक दलले कर्णाली करिडोर हिल्सा–सिमकोट सडक निर्माण गर्न, विद्युत् आपूर्ति सहज गराउन, हेक्पा खोला र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन गर्न, मानसरोवर तथा कैलाश पर्वतमा दशवटा प्रवेशद्वार बनाउन , दक्षिणी क्षेत्रमा कृषि उत्पादन बढाउन जिल्ला अस्पतालमा भिडियो एक्स–रे उपलब्ध गराउन, लिमी गाविसको लाप्चामा पर्ने ललुङ जोडङ नाकाबाट मोटरबाटो निर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । रासस