४ मंसिर २०८३, शुक्रबार

अब नयाँ लडाईको तयारीमा जुट्न कार्यकर्तालाई युथफोर्स प्रमुखको निर्देशन

20k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ५ पुस । युवा संघ नेपाल रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको हत्या विरुद्धमा मंगलबार युवा संघले अरनीको राजमार्ग अन्तर्गत बनेपामा एक घण्टा चक्का जाम गरेको छ ।

युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं युथफोर्स प्रमुख चन्द्र लामाको नेतृत्वमा युवा संघले एक घण्टा चक्का जाम गरेका हुन् । सरकार विरुद्ध चर्को नारा समेत युवा संघका कार्यकर्ताले लगाएका थिए । चक्काजाम पछिको कोणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले तिवारीको हत्यारालाई पक्राउन गरि कार्वाहिको दायारामा ल्याउन आग्रह गरे ।

लामाले एमालेमाथि विदेशी शक्तिहरु नै हत्या र आक्रमण गर्न लागेको र त्यसमा केहि सरकारका नामका मान्छेहरुको सहयोग रहेकाले चनाखो भएर युवा संघ बस्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘अबको लडाई देशको अस्तित्वको लडाई हो, त्यसका लागि भारतिय दलालहरु संग चनाखो भएर लड्नु पर्छ ।’

लामाले थप्नु भयो– ‘उहाँले ५ नम्बर प्रदेश टुक्राउने छिमेकीका भाइभारदारहरुको संशोधनविरुद्ध आन्दोलनको ज्वाला पनि निकाल्ने साहस गर्नु भएको थियो, सायद त्यसैको परिणाम होला दलालहरुले देखि सहेनन् ।’

कोणसभामा युवा संघका केन्द्रीय सदस्य देवसागर लामा, पुर्व जिल्ला अध्यक्ष राकेश लामा र युवा संघ काभ्रेका अध्यक्ष होमप्रसाद चौलागाइले युवा संघ माथिको हमला असह्य हुने बताए ।