काठमाडौं । नायिका सरिता लामिछाने बुधबार नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् ।
गायिका कोमल वली तथा नायिका रेखा थापा राप्रपामा प्रवेश गरेलगत्तै अर्की नायिका लामिछानेले पनि राजनीतिक जीवनको सुरुवात गर्ने निर्णय गरेकी हुन् ।
सरितासहित कलाकार रामकेश बोगटी, रिस्ता बस्नेत, पुस्कर लामा लगायतका कलाकारलाई बुधवार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउँदैछन् ।
सभापति देउवा निवास बुढानिलकण्ठमा स्वागत कार्यक्रम आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउन लागिएको काँग्रेसले जनाएको छ ।
कलाकारको राजनीतिक यात्रासँगै कलनकारितामा फिल्म जुधेजस्तै अब राजनीतिमा पनि कलाकारबीच भिडन्त हुने संकेत देखिएको छ ।
















प्रतिक्रिया