२ कार्तिक २०८३, सोमबार

गायक ठकुरीको मनमा यसरी सल्क्यो आगो (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक राजन ठकुरीले ‘मनमा आगो सल्क्यो…’ बोलको लोकदोहोरी गीत ल्याएका छन् ।

केही समय अगाडि देशभक्ति गीत बजारमा ल्याएका गायक ठकुरीले ‘मनमा आगो सल्क्यो…’ रेकर्ड गराएका हुन् । उनलाई गायनमा आकृति लामा र मुना थापाले साथ दिएका छन् ।

गीतमा शब्द र संगीत ठकुरीकै हुन् । आदर्श डिजिटल प्रालिले बजारमा ल्याएको यो लोकदोहोरीलाई यूट्युबमा पनि हेर्न र सुन्न सकिन्छ । म्युजिक भिडियोमा बिबश ठकुरी र रञ्जिता गुरुङको अभिनय छ ।

म्युजिक भिडियोलाई निर्देशन बब्बु थापाले गरेका हुन् भने छायांकन दुर्गा पौडेल, निर्माण नियन्त्रण दिलीप पन्त र सम्पादन मिलन बिकको छ ।

सिमसिम पानी रैछौ बेइमानीबाट लोकदोहोरी गीत गाउन थालेका गायक ठकुरले झण्डै चार सय बढीको संख्यामा सृजनाहरू ल्याइसकेका छन् ।