काठमाडौं । राजधानीको चोभर डाडामा नेपाली चलचित्र क्षेत्रका हस्ती अभिनेताहरको अभिनय रहेको देशभक्ति गीत ‘जय जय नेपाल…’को छायांकन संपन्न भएको छ ।
राजेश हमालदेखि सरोज खनाल, अभिनेत्री सरिता लामिछाने, निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत, उत्तक केसी, निर्मल शर्मा (गैड), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,इकु सुलेमान ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान, शरवानी पाण्डे, जून श्रेष्ठ,इन्जिनियर रामहरि फुयाल, पत्रकार कुबेर गिरी लगायत अन्य धेरै कलाकारको ‘जय जय नेपाल…’को म्युजिक भिडियो फीचरिंग गरिएको छ ।
म्युजिक भिडियोमा निर्देशक सशान कँडेलले सबै कलाकारहरुलाई नेपाली पोशाकमा प्रस्तुत गराएका थिए ।
अभिनेता राजेश हमाल देखि सरोज खनाल सम्मले देशभक्ति गीत भएकोले यति धेरै कलाकार एक्कै ठाउमा जम्मा भएर म्युजिक भिडियोमा अभिनय गरेको बताउनु भयो ।
गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको ‘जय जय नेपाल…’लाई अलोक चामलिंग राईले लेख्नु भएको हो ।
उत्सव दाहालको छायांकन, श्रीजन बरालको नुत्य निर्देशन रहेको गीतलाई छिट्टै सम्पादन सकाएर सार्वजनिक गरिने निर्देशक कडेलले बताए ।















प्रतिक्रिया