– टेकराज भण्डारी
अछाम, ४ पुस । अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले दुःख व्यक्त गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै एमालेले गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक रोशनीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना अर्पण गरेको हो ।
पार्टी अध्यक्ष शेरबहादुर कुँवरद्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस्ता सामाजिक कुसंसकार र कुप्रथाले अछाम र अछामीको प्रतिष्ठामा समेत आँच आएको र यसको अन्त्यका लागि सबै जुट्नुुपर्ने उल्लेख छ ।
समाजका यस्ता कुसंस्कार र कुप्रथाका बिरुद्ध नेकपा एमाले बिगत लामो समय देखि निरन्तर लागिरहेको र बिभिन्न खाले संघर्ष गर्दै आईरहेको उल्लेख छ ।
बिज्ञप्ती मार्फत अहिले एमालेले संविधानको कार्यान्वयन, राष्ट्रिय एकता र स्वाभिमानका लागि अभियानमा जुटिरहेको र यो अभियानमा लैंगिक हिंसा, महिला अधिकार, जातिय छुवाछुत लगायतका सामाजिक विकृति र बिसंगतीका बिरुद्ध गाउँ गाउँमा शशक्त आवाज उठाईरहेको बताईएको छ ।
जनपरिचालन अभियानमा सम्पूर्ण पार्टी पंक्ति, समाजसेवि बुद्धिजिवि, सरकारी गैरसरकारी कार्यालय, आम अछामबासी दाजुभाई दिदीबहिनीमा यस कुप्रथाको अन्त्यका लागि एकताबद्ध भई लाग्नहुन र आगामी दिनमा यस्ता घटना दोहरीन नदिन सबै पक्षबाट सकारात्म पहलको अपेक्षा गरेको बिज्ञप्तीमा जनाईएको छ ।
बिज्ञप्तीमार्फत सम्पूर्ण अभिभावकमा समेत आफ्ना छोरी, बुहारी, श्रीमतिलाई छाउगोठमा नपाउन समेत अपिल गरिएको छ । गत मंसिर ४ गते जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ मा २६ बर्षीया डम्बरा उपाध्यायको ज्यान गएको थियो भने पौष ३ गते गाज्रा गाविसमा रोशनीको छाउगोठमै ज्यान गएको हो ।












प्रतिक्रिया