३ कार्तिक २०८३, मंगलबार

आईएमईद्धारा उत्कृष्ट एजेन्ट साझेदारलाई थाईल्यान्ड भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायिक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ ।

२०७२ साल पौषदेखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायिक साझेदारहरु उक्त भ्रमणमा समेटिनु भएको थियो ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।