१ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा एमाले युवामाथि गोली काण्डः हत्यारा पत्ता लाग्यो (ताजा तस्वीरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शारदा गैरे

काठमाडौँ, ४ पुस । रुपन्देहीमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीमाथि गोली हान्नेको पहिचान भएको छ ।

काठमाडौँस्थित प्रहरीको उच्च स्रोतका अनुसार, रुपन्देहीका श्याम गुरुङ र मनोज रानाको टोलीले तिवारीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले हत्यामा संलग्न समूहको खोजी गरिरहेको छ । हत्यामा संलग्न भएका भनिएका गुरुङ नेपाली सेनाका भगौडा हुन् भने राना स्थानीय गुण्डा हुन् । उनीहरुले केही दिन अघिदेखि २० लाख रुपैँया नदिए ज्यान लिने धम्की दिँदै आएका थिए ।