१९ कार्तिक २०८३, बिहिबार

‘अन्याय र अत्याचारका बिरुद्ध लड्न हजारौ दुर्गा जन्मिनेछन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । युवा संघ नेपालकी सह–इन्चार्ज निरु पालले युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

सोमबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट मारिएका तिवारी साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जलि दिँदै पालले हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेकी छन् ।

साथै उनले अन्याय र अत्याचारका बिरुद्ध लड्न हजारौ दुर्गा जन्मिने उल्लेख गरेकी छन् ।

‘युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष कमरेड दुर्गा तिवारीलाई गोली हानेर हत्या गरेको छ हत्यारालाई कडा भन्दा कडा कार्वाही होस,’ पालले फेसबुकमा लेखेकी छन्– ‘अन्याय र अत्याचारका बिरुद्द लड्न हजारौ दुर्गा जन्मीनेछन दुर्गा भाई सधै अमर रहनु । कमरेड दुर्गा हार्दिक श्रदान्जली !!!!’