काठमाडौं, ४ पुस । संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेकी छन् ।
सिंहदरबारमा जारी बैठकमा संविधान संशोधन, निर्वाचन र संसदमा जारी गतिरोध अन्त्य गराउनेबारे छलफल भइरहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतको सहभागिता छ ।।
संविधान संशोधन प्रस्तावको विरोध नेकपा एमालेसहित विपक्षी ८ दलले संसदमा अवरोध गरिरहेका बेला सहमति जुुटाएर संसदको गतिरोध अन्त्य गर्न सभामुखले तीन दलका शीर्ष नेतासँग छलफल गरेकी हुन् ।
बैठक जारी छ ।
















प्रतिक्रिया