रियाद (साउदी अरब), ३ पुस । अमेरिकी विदेशमन्त्री जोन केरीले साउदी राजा सलमानलाई भेट गरी यमनलगायत यस क्षेत्रको समस्याका बारेमा आइतबार छलफल गर्नुभएको छ ।
अमेरिकाको विदेशमन्त्रीका रुपमा साउदी नरेश सलमानसँगको सम्भवत अन्तिम भेटमा केरीले साउदी नरेश तथा यहाँका उच्च अधिकारीसँग यमनको द्वन्द्व र यसका अन्त्यका लागि गरिएका पहलबारे छलफल गर्नुभएको बताइएको छ ।

सन् २०१४ को सेप्टेम्बरमा यमनी सिया समुदाय र उनीहरुका सहयोगीले राजधानी सानालाई नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ को मार्चपछि विद्रोहीविरुद्धको कारबाहीमा अब्द्रोब्बो मन्सुर हाडीलाई सहयोग गर्दै आएको छ । – एपी
















प्रतिक्रिया