१९ कार्तिक २०८३, बिहिबार

एमाले चार महिनाका लागि गाउँ हिड्यो

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ३ पुस । चार महिने जनपरिचालन अभियान लिएर नेकपा एमाले बाजुरा गाउँ हिँडेको छ । जनतासँग प्रत्यक्ष भेटेरै जनआकांक्षा बुझ्न र राष्ट्रिय राजनीतिमा खेलको भूमिका बारे जानकारी दिन एमाले गाँउ हिडेको हो ।

नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा नेतृत्वमा ९ वटा परिचालन उपसमिति बनाएर चार महिनाका लागि गाउँ हिँडेको एमाले कार्यालय सचिव काशी विकले बताए । एमाले चैत्र मसान्तसम्म तीन चरणका कार्यक्रम सहीत गाउँमै रहने भएको छ ।

अवधीभर जिल्ला देखि वडा स्तरसम्म घरभेट, छलफल, बहस, प्रशिक्षण, आम सभालगायतका कार्यक्रम सञ्चालन गरिने एमाले नेता लालबहादुर ओलीले बताए । संविधान कार्यान्वयनका लागि जन परिचालन अभियान २०७३ नाम दिएर अभियान सञ्चालन गरिएको छ ।
दुर्गम बिच्छ्याका गाउँ देखि बडिमालिका नगरपालिका क्षेत्रका प्रत्येक बस्ती बस्तीमा नेता कार्यकर्ता पुग्ने बताईएको छ । आगामी तीन तहको निर्वाचन केन्द्रीत कार्यकर्ताको घर दैलोमा पुग्ने र जनताका जनअपेक्षा बुझ्ने अभियानका क्रममा बिच्छ्या पुगेका एमाले नेता पुरबहादुर रावतले बताए ।

संविधान सभाको निर्वाचन पछि दुई पटक गाउँ जागरण तथा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन गरिसकेको एमालेले यस अघि एमाले सांसदहरुले गाउँ भेटघाट कार्यक्रम पनि सम्पन्न गरिसकेका छन् । संविधान निर्माण र राष्ट्रियताको सवालमा खेलेका नेतृत्वदायी भूमिका बारे कार्यकर्तालाई जानकारी दिनकै लागि गाउँ केन्द्रीत बनेको एमाले उपसचिव गगन रावलले बताए ।

एमालेले आगामी निर्वाचनमा देशकै पहिलो पार्टी बनाउने गरी जनमत तयार पार्न गाउँ केन्द्रीत बनेको बताएको छ । जनपरिचालन अभियानमा पार्टी जिल्ला कमिटी पदाधिकारी, सदस्य, जनवर्गिय संगठनका पदाधिकारी तथा सदस्य, इलाका कमिटी, गाउँ कमिटी गरी १ सय १५ जना एकसाथ गाउँ केन्द्रीत बनेका छन् ।

केपी ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बजेट र बजेटले देशको दीर्घकालिन विकासमा पुर्याउने योगदान बारे गाउँ गाउँमा जानकारी गराईनु हाम्रो पहिलो उद्देश्य हो, एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले भने । सामाजिक सुरक्षा भत्ता वृद्धीबारे पनि वृद्धवृद्धा, एकल महिला, अपागंलाई भेटेरै जानकारी दिनु छ, जिल्लाको विकासमा एमालेले खेलेको भूमिका बारे प्रष्ट पार्नु अर्को काम हो, थापाले थपे ।

संविधान कार्यान्वयन हुन नदिने, राष्ट्रिय स्वाभिमानलाई कमजोर पार्ने, सामाजिक सद्भाव खल्बल्याउने र नेकपा (एमाले) का विरुद्ध भइरहेका षडयन्त्रहरूलाई भण्डाफोर गर्दै संविधानको रक्षा तथा कार्यान्वयनमा प्रभावकारी भूमिका बनाउनकै लागि अभियान केन्द्रीत हुने एमालेले बतायो ।