काठमाडौं, ३ पुस । महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्य गर्न मानब अधिकार समामाजिक न्याय र समानताका लागि मेन एञ्गेज एलायन्स अर्थात पुरुषको सहभागिता सबैभन्दा प्रभाबकारी हुने बिज्ञहरुले बताएका छन् ।
बिगत ६ महिना यता राजधानी लगायत देशका बिभिन्न जिल्लामा सचेतनामुलक अन्तरक्रिया, तालिम एवं बहस पैरबी गर्दै आएको मेन एञ्गेज एलायन्स नेपालले आइतबार राजधानीमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा यस्तो धारणा आएको हो ।
लैगिक समानता र सामाजिक समाबेशिताको लागि राज्यका हरेक निकायदेखि हरेक ब्याक्तिको भूमिका महत्वपूर्ण हुने बक्ताहरुले उल्लेख गरे ।
लैगिक समानता र सामाजिक समाबेशितालाई ब्यबहारमा कार्यान्वयन गर्न नेपाल सरकारले बिभिन्न मन्त्रालयमा त्यस सबन्धी युनिट समेत निर्माण गरेको छ ।
सघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, शहरी बिकास मन्त्रालय, शिक्षा मन्त्रालय, जिल्ला बिकास समितिहरुमा लैगिक समानता सामाजिक समाबेशिता जेशी युनिट निर्माण भएपछि सरकारका बिभिन्न तहमा औपचारिक रुपमा बिभिन्न कार्यक्रम सचालन हुन थालेको सबद्ध मन्त्रालयका युनिट हेर्ने प्रमुखहरुले जानकारी गराए ।
राष्ट्रिय कार्यशालमा शिक्षा मन्त्रालयकी लजावन्ती दाहाल, शहरी बिकास मन्त्रालयकी सकुन्तला राई , महिला बिकास अधिकृत अनिता अधिकारी, स्थानीय बिकास मन्त्रालयकी निर्मला थापाले सरकारले निर्माण गरेका युनिटहरुलाई सबिधान ऐन र राज्यले प्रतिबद्धता गरेका लैगिक समानता र सामाजिक न्याय स्थापित गर्ने उद्धेश्य रहेको जनाएका छन ।
मेन एञ्गेज एलायन्सका सयोजक कृष्ण थापाको अध्यक्षतामा भएको कार्यशालामा राष्ट्रिय महिला आयोगका पूर्व सचिब रीतुराज भण्डारी, कानुन ब्यबसायी राममाया लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
महिला अधिकारकर्मी शर्मिला कार्की, लैगिक समानता, सामाजिक न्याय र मानब अधिकारका बिषयमा अढाइ दशकदेखि निरन्तर कलम चलाउदै आएका बरिष्ठ पत्रकार एव मेन एञ्गेज एलायन्सका सल्लाहकार टंक पन्तले बिषय बस्तुमाथि प्रकाश पार्दै अब राज्य र नागरिक समाजले खेल्नुपर्ने भूमिकाबारेमा धारणा राखेका थिए ।
कार्यशालामा एटवीनकी अध्यक्ष एवं मेन एञ्गेज एलायन्सकी ब्यबस्थापनकी सदस्य मीना बिष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
एलायन्सले घर शान्ति नै बिश्व शान्तिको आधार दिगो बिकासका लागि लैगिक हिसा रहित समाज भन्ने अन्तर्राष्ट्रिय नाराका साथ भएको लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा एलायन्सले तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम पनि सम्पन्न गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा भएको प्रशिक्षक प्रशिक्षण तालिम मेन एञ्गेज एलायन्स नेपालका सयोजक एवं बरिष्ठ मानब अधिकारकर्मी कृष्ण थापा, राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरे, बरिष्ठ पत्रकार एवं मेन एञ्गेज एलायन्सका सल्लाहकार टंक पन्त, अधिकारकर्मी राधा पौडेल, एटवीनका अध्यक्ष एवं मेन एञ्गेज एलायन्सका ब्यबस्थापन सदस्य मीना बिष्ट, अधिकारकर्मी एवं अभियानताहरु राधा पौडेल, रमा ढकाल, किरण शिल्पकार, रामहरि शाही, दुर्गा थापा , भक्तिमिलन शाह, प्राधन पण्डितले गरेका थिए ।












प्रतिक्रिया