१९ कार्तिक २०८३, बिहिबार

जागिरको प्रलोभनमा नेपाली युवतीलाई ओमान लगेर यौन शोषण गर्ने तीन जना पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । जागिरको प्रलोभनमा नेपाली युवतीलाई ओमान लगेर यौन शोषणा गराउने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी दुम्बीबास–३ घर भई काठमाडौँ बसुन्धारा बस्ने ३५ बर्षीय राज कुमार खरेल, ताप्लेजुङ फुलवारी–७ घर भई मोरङ बिराटचोक ईन्द्रपुर–४ बस्ने ४६ बर्षीय पुरन सुब्बा भन्ने पूर्ण बहादुर लिम्बु र रुपन्देही देवदह–२ बस्ने ४१ बर्षीय हरि प्रसाद थारु रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

तीनै जनाले आर्थिक रूपमा विपन्न नेपाली युवतीहरुलाई बैदेशिक रोजगारमा आकर्षक तलब भत्ताको प्रलोभनमा पारी कुवेत पठाई काम दिलाउने भनि नेपालको सुनौली (बेलहिया नाकाबाट भारतको नयाँ दिल्ली, श्रीलंका हुँदै कुवेत तथा दुवईबाट ओमानसम्म पठाउने गरेका थिए ।

रोजगारका लागि त्यहाँ पुगाएपछि युवतीहरूलाई शारीरिक तथा मानसिक यातना दिने, यौन शोषणा गराउने गरिन्थ्यो ।

मानव बेचबिखन तथा ओसारपसारका निम्ति अवैध तरिकाले विदेश पठाउने गिरोहका तीनै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले मानब बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।