३ कार्तिक २०८३, मंगलबार

आइएमएस मोटर्स्को नयाँ एक्स्क्लुजिभ शोरुमको भव्य उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । मोबाइल सेग्मेन्टमा नेपालकै नं. १ कम्पनी आइएमएस ग्रुपले आइएमएस माटर्स् मार्फत कोरियाको प्रिमियम लक्जरी SUV उत्पादन गर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको विक्रीवितरण प्रारम्भ गरे लगत्तै गत १८ डिसेम्बर मा अब आइएमएस मोटर्स् एक्स्क्लुजिभ शोरुम – साङयङको भव्य उद्घाटन काठमाडौंको नक्सालमा (प्रहरी हेडक्वार्टर अगाडि) साङयङ शोरुममा गरेको छ ।

शोरुमको उद्घाटन भने नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि चो यंग–जिनज्यूले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्राले उनको साथ दिएका थिए । उक्त कार्यक्रममा मिडियाक्षेत्रका साथीहरु तथा चर्चित व्यवसायिक घरानाहरुका हाइ–प्रोफाइल अतिथिहरुका साथै सेलिब्रिटीहरुको पनि भारी सहभागिता थियो । उक्त शोरुमको उद्घाटनको खुशीयाली सँगै आउँदो क्रिश्मस तथा नयाँ वर्ष २०१७ को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुका लागि आइएमएस मोटर्स् मार्फत साङयङका गाडीहरुका खरिदमा रु. ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्त अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेश सहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पुर्याउन उन्नत तालीम प्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर झनै विस्तारित हुने योजना बनाएको छ । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको सुरुवात गर्ने समेत निश्चय गरेको छ ।

साङयङ मोटर कम्पनी चौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटोमोबाइल उत्पादक कम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथा बसहरु प्रस्तुत गर्दै आएको छ ।

साङयङका विभिन्न स्थानहरुमा ५ आधिकारिक सर्भिस सेन्टरहरु रहेका छन्:

उपत्यका भित्रः
अटो होम प्रा. लि.
ज्वागल–२२, यू.एन. पार्क, ललितपुर

अटो भिलेज प्रा. लि.
रातोपुल, काठमाडौं

उपत्यका बाहिर ः
एस.एच. अटो केयर प्रा. लि.
मिलनचोक, भरतपुर

हाईवे अटोभिल्ला
कालिकानगर–१३, बुटवल

क्लब मोटर्स्
नयाँ बजार, पोखरा