१९ कार्तिक २०८३, बिहिबार

कसैको श्रम शोषण हुन दिन्न: श्रममन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आफू र आफ्नो मन्त्रालय सिङ्गो मुलुकलाई नै श्रम शोषणमुक्त बनाउने अभियानमा लागेको बताउनुभएको छ ।

वादी तथा विपन्न समुदायका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउँदै आएको संस्था ‘ज्योतिको घर नेपाल’को सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सहरी क्षेत्रका होटल तथा उद्योगमा अझै पनि बाल श्रम प्रयोग भइरहेका सन्दर्भमा आफ्नो मन्त्रालय त्यस्ता बालबालिकाको उद्धार गर्न प्रतिबद्ध छ भन्नुभयो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले सञ्चालनको अनुमति लिएर उचित काम नगर्ने बालगृहको दर्ता खारेज गरिने चेतावनी दिनुभयो ।

ज्योतिको घर नेपालका अध्यक्ष विजय लामा, कार्यकारी निर्देशक नृपेश कुँवरलगायतले आगामी दिनमा थप सामाजिक कार्य गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्ने विदेश ग्राहम भिक्टर केर र रोबिन एलिजावेथ केर तथा बालगृहमा चलचित्रको छायाङ्कन गरेर सहयोग पु¥याएबापत कलाकारद्वय दीपक गिरी र दीपाश्री निरौलालाई सम्मान गरिएको थियो । रासस