३ कार्तिक २०८३, मंगलबार

वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट, राउटर र जडान निःशुल्क

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ ।

कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो । ग्राहकले यस्तो प्लान १ बर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।

यस्तै वर्ल्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ ।

इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निशुल्क सेवा उपलब्ध गराउने भएको छ । यसरी ग्राहकले १ महिनको सेवा सुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन् । यस सेवामा ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नु पर्ने छ ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ ।

वर्ल्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।