मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी एक रातका लागि करिब साढे ६ करोड रुपैयाँको प्रस्ताव आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो प्रस्तावले बलिउड तातेको छ । तर, यो प्रस्ताव रात विताउन नभई एउटा गीतमा राति नाच्नका लागि आएको हो ।
सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन रोमान्स गरेकी छन् । सो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । सो गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । सो गीत सार्वजनिक भइसकेको छैन । तर सञ्चार माध्यममा आएको चर्चाकै आधारमा सो गीत यति लोकप्रिय भइसकेको छ कि, हरेकको जिब्रो जिब्रोमा झुन्डिएको छ ।
सोही गीत रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको हो । मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई सो गीतमा नृत्य प्रस्तुतिका लागि ४ करोड भारु अर्थात ६ करोड ४० लाख नेपाली रुपैयाँको अफर गरेको चर्चाले अहिले भारतीय सञ्चार माध्यम तातेका छन् ।
सो होटलले नयाँ वर्षको अवसरमा गर्न लागको रात्रिकालिन कार्यक्रममा सन्नीलाई उपस्थित गराउन यस्तो अफर गरेको हो ।
















प्रतिक्रिया