२ कार्तिक २०८३, सोमबार

गोठालेको नाटक ‘भोको घर’ थिएटर मलमा, दोस्रो दिनदेखि नै दर्शकको आगमन बाक्लो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनधारास्थित नाटकघर थिएटर मलमा नया“ नाटकको मञ्चन सुरु भएको छ ।

सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो । नाटकलाई थिएटर मलका कला निर्देशक तथा युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन् ।

नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई दृश्यमा उतारिएको छ । मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ ।

गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउ“छन् । उनी भन्छन्, ‘समयान्तरसगै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रहदा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ ।’ ८ वर्ष अघि श्रेष्ठले यस नाटकमा आफैले अभिनय गरेका थिए । अहिले प्रस्तुतिलाई कला र प्रविधिको माध्यमले समसामयिक बनाएर आफैले निर्देशन गरेका हुन् ।

नाटक मञ्चन सुरु भएको दोस्रो दिनदेखि नै थिएटर मलमा दर्शकको आगमन बाक्लिन थालेको नाटकघरकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जनाइन् । प्रिमियरपछि लेखक, साहित्यकार, कलाकारलगायतले नाटक कलात्मक र समसामयिक भएको प्रतिक्रिया आएको बताइन् ।

नाटकमा साठीको दशकको मध्यतिरबाट रंगकर्ममा उत्रेका कलाकारहरुले अभिनय गरेका छन् । कहिले सिनेमा कहिले नाटक गर्दै आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालले फेरि रंगमञ्चमा मन मिलाएका छन् । घनश्याम श्रेष्ठको सुन्दर मञ्च तथा प्रकाश परिकल्पनाले नाटकलाई अझै कलात्मक बनाएको छ ।

नाटकघर थिएटर मलमा पुस २३ गते सम्म बुधबारबाहेक हरेक सा“झ नाटक ‘भोको घर’ मञ्चन हुनेछ । शनिबार दिउ“सो १ः३० बजे पनि अतिरिक्त शो राखिएको थिएटर मलले जनाएको छ । नाटकघरले नाटकको टिकट दर रु. २००, रु ३०० र रु ५०० तोकेको छ ।