१९ कार्तिक २०८३, बिहिबार

‘सामाजिक सञ्जाल र सोसल मिडियाको सूचनामुलक प्रयोग गर्न सिकौं’

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।

छैटौं वार्षिकोत्सव समारोहमार्फत संस्थाले डेढ दनर्जन भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आइसिटी सम्मान २०१६ बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्र बहादुर बानियाले आइसिटी, पत्रकारीता, सामाजिक, श्ैक्षिक लगायतका विविध क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने एक दर्जनभन्दा भन्दा बढी विशिष्ट व्यक्तिहरुलाई आइसिटी सम्मान– २०१६ बाट सम्मानित समेत गर्नुभएको हो ।

माइक्रो, देवनागरी, सुपर र ग्रीन कम्प्युटर आविष्कारक कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई आइसिटी पायोनियर २०१६ बाट सम्मानित गरिएको थियो भने आवाजको दुनियाको साथी कार्यक्रम प्रस्तोता पत्रकार, कलाकार, फिल्म निर्देशक दिनेश डिसीलाई आइसिटी पत्रकारी सम्मान २०१६ बाट सम्मानित गरिएको छ । आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई प्रदान गरिएको छ ।

त्यस्तै आइसिटी पत्रकारीता सम्मान –२०१६ क्रमश, सोल्टी होटलका प्रबन्धक बलराम पाठकलाई, वरिष्ठ पत्रकार प्रेम कैदीलाई, आइसिटी व्यवसायी दिपक मल्होत्रालाई, समाजसेवी बाबुकाजी पाठकलाई, स्वतन्त्र राजेश अधिकारीलाई, अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई, वैदेशिक रोजगारी व्यवसायी तथा समाजसेवी तारा भट्टराईलाई, पत्रकार जितेन्द्र जिसीलाई, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलाई, महेश जंग कुवर, कालीमाटी तरकारी व्यवसायी, राजकुमार कुवर राणालाई, समाजसेवी राजेश्वरी श्रेष्ठ लाई , भगवती फुयाल लाई, शिक्षक गोविन्द प्रसाद रुपाखेती लाई , सञ्चारकर्मी माधव खरेल, ज्योतिषविद अच्युतानन्द पोखरेल लाई, सामाजिक अभियन्ता बाबु राजा श्रेष्ठ लाई, युवा बास्तुविद् श्यामबाबु आचार्य, कलाकार एवं सञ्चारकर्मी किरण गौचन लाई, सामाजिक अभियन्ता बद्री राज तिमिल्सिना लाई, गायक तिलक बस्नेत लाई, पत्रकार तथा फोटोग्राफर पुकार तिमिल्सिनालाई, समाजसेवी उपेन्द्र कुमार रावत ज्यू लाई प्रदान गरिएको छ ।

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोहको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेता तथा पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता अहिलेको मुख्य चुनौती भएको बताए । आइसिटी पत्रकार विकास मञ्चको छैटौ वार्षिकोत्सव समारोह अन्तरक्रिया तथा सम्मान कार्यक्रम २०१६ मा बोल्दै सिंहले सामाजिक सञ्जाल तथा सोसल मिडियामा प्रयोगमा केही कमी कमजोरी भएको बताउदै प्रयोगकर्ताहरुले पनि सही विषयवस्तुलाई राम्ररी नबुझी छिटो प्रतिक्रिया पोख्दै जँदा सामाजिक सञ्जाल असभ्य बन्दै गएकोले बेलैमा यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । सोसल मिडियामा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि केही कमजोरी भएको स्वीकार्दै एउटाले गरेको कमजोरीलाई लिएर सिङ्गो राजनीतिक क्षेत्रलाई बद्नामित गराउने काम भने हुनुभएन, नेता सिंहले भने । परिणाम सोसल मिडियामा पनि त्यही भइरहेको अवस्था छ । देशमा राजनीतिक स्थिरता अहिलेको पहिलो आवश्यकता भएकोले यसतर्फ सम्पूर्ण राजनीतिक दल र राजनीतिककर्मीहरुको ध्यान जानुपर्ने औल्याउदै आरोप प्रत्यारोपभन्दा पनि सहमतीको राजनीति अगाडी बढाउनुपर्नेमा सिंहले जोड दिनुभयो ।

संस्कृति पर्यटन राज्यमन्त्री इन्द्र बहादुर बानियाले सूचना सञ्चार प्रविधि सूचनाको संवाहक, विकासको आधार भएकोले सूचना प्रविधिलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताए । सूचना सञ्चार प्रविधिको विज्ञ आफू नभए पनि इटरनेटको माध्यमले सामाजिक सञ्जाल र सोसल मिडियाको विकास क्रमलाई बढ्दै जादा यसको दुरुपयोग पनि बढिरहेकोले यसको सही प्रयोगमा लागि सरकारको नीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

सोसल मिडिया सञ्चालन निर्देशिका जारी भइसकेको बताउदै प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले अनलाइन मिडियामा राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै अब सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइन मिडियाकर्मीहरु बेलैमा सचेत हुन जरुरी छ, नभए जुनसुकै बेला निर्देशिका र आचारसंहिता उल्लंघनको कारवाहीमा पर्न सक्छ, कार्कीले भने ।

सोसल मिडिया व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताउदै अध्यक्ष कार्कीले हचुवाको भरमा अनलाइन मिडिया सञ्चालन गर्ने परिपाटीले सोसल मिडियाको दुरुपयोगलाई बढाएको बताए ।

आइसिटी पत्रकार विकास मञ्चको छैटौ वार्षिकोत्सव समारोह अन्तरक्रिया तथा सम्मान कार्यक्रम २०१६ का प्रमुख अतिथि नेपाली कग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, विशिष्ट अतिथि राज्यमन्त्री (संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय) इन्द्र बहादुर बानिया, अतिथिहरु बोर्ण बहादुर कार्की, गृह मन्त्रालयका उप–सचिव होमनाथ थपलिया, सिपी भट्टराई, आम नागरिक उपभोक्ता सहकारी संस्थाका अध्यक्ष, खेमराज ढकाल, उपेन्द्र कुमार रावत लगायतका आइसिटी तथा सामाजिक क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।

नेपालमा पछिल्लो समय अनलाइन मिडिया सञ्चलानसँगै अनलाइन पत्रकारीता बढ्दो छ । वेभ प्रविधि र इन्टरनेटको प्रयोगले अनलाइन मिडियाको विकासक्रमलाई बढाएको हो । सञ्चार क्षेत्रमा अनलाइन मिडिया सञ्चालनमा आउनु र पत्रकारीता पेशा बन्नु नेपालको पत्रकारीता क्षेत्रको महत्वपुर्ण उपलब्धि मान्नुपर्दछ तर अनलाइन मिडिया विकासले सिर्जना गरेको पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु थपिदिएको छ । अनलाइन पत्रकारीताको मर्म भावना वीपरितका अनर्गल समाचारहरुले अनलाइन मिडिया र पत्रकारीताकै नाक काटिदिएको छ । नैतिक चरित्र हत्याका हेडलाइन समाचार, आधिकारिक र प्रमाणबिनाका तथ्यहीन समाचारहरु अनलाइन मिडियाबाट प्रकाशित हुने गरेका अधिकाश समाचार लिंकहरु फेसबुक, ट्वीटर लिङदेन जस्ता सोसल साइटहरुमा छिन छिनमा आइररहदा नेपाली पत्रकारीताको शान गिराउदै लगेको छ ।

यस्तो अवस्थामा अनलाइन सञ्चालक, सम्पादक र संवाददाताहरुले पत्रकारीताको मर्म र भावनालाई मनन गर्दै व्यवसायिक पत्रिकारीताको ट्रेण्ड बसाल्दै नयाँ पुस्तालाई सत्य तथ्यपरक समाचार र जानकारीहरु सम्प्रेषित गर्नका लागि एकबद्ध भएर लाग्नुको विकल्प छैन भने सरकारको सरोकारवाला निकायले पनि स्वच्छ मर्यादित र व्यवसायिक अनलाइन पत्रकारीताको व्यवस्थापन गर्दै अनुगमन र नियन्त्रणलाई कडाईका साथ अख्तियार गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

यसै विषयलाई मध्यनजर गरेर आइसिटी पत्रकार विकास मञ्चले सोसल मिडियाको सही प्रयोग विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।