१९ कार्तिक २०८३, बिहिबार

शितलहरमा युवा संघको हात आम मधेसी जनताको साथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । तराई मधेसका जनता शितलहरको पीडाबाट गुज्रिरहेको बेला युवा संघ नेपालले मधेशी जनताको पीडालाई गम्भीर रुपमा लिएको छ ।

अध्यक्ष राजिव पहारीको निर्देशनमा आज महासचिव किरण पौडेलको प्रमुख आतिथ्यतामा बसेको प्राकृतिक प्रकोप न्युनिकरण विभागको आकस्मिक बैठकले तराईमा सुरु भएको शितलहरबाट जनता जोगाउन न्यानो लुगा र कम्बल अविलम्व वितरण गर्ने निर्णय गरेको छ ।

सो विभागका प्रमुख तथा सचिवालय सदस्य रमेश आचार्यको अध्यक्षतामा बसेको बैठकले वुद्धिजीवी, पत्रकार, नागरिक समाज र अन्य पेशाकर्मीलाई यस अभियानमा सहयोग गर्न अपिल समेत गरेको छ ।

सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि कार्यालय विभाग प्रमुख तथा प्रवक्ता प्रभातविक्रम कटवाल र मधेशको अवस्था सम्बन्धी जानकारी गराउनका लागि युवा संघका सचिवालय सदस्य सन्जिव झालाई पनि आमन्त्रण गरिएको थियो ।

बैठकमा महासचिव किरण पौडेलले प्रत्येक नेपालीको समृद्धि, साझापन, विकास, विपद् समाधान, सहकार्य गदै आएको पार्टी नेकपा एमाले र भातृ संगठन युवा संघ नेपालले तराईवासीमाथि आइपरेको प्राकृतिक विपद, शितलहर र त्यसबाट हुने मानवीय तथा जनधनको क्षति न्युनीकरण गर्न सम्पूर्ण शक्ति लगाउने उद्घोष गरे ।

त्यसैगरी संघका प्रवक्ता प्रभातविक्रम कटवालले तराई मधेस र मधेसी जनताको हकहित र सुरक्षाको अधिकार र विकासप्रति हामी गम्भिर छौ । युवा संघ नेपाल तराइवासीलाई जोगाउन हरसम्भव पहल गर्ने बताए ।

त्यसैगरी संघका सचिवालय सदस्य तथा मधेसका चर्चित युवा नेता संजिव झाले मधेसका वर्तमान समस्याको जानकारी गराउदैै आफूलाई मधेसका मसिहा भन्ने दलहरु मधेशी जनताका पीडालाई वेवास्था गदै काठमाडौंमा रमाइरहेको बेला युवा संघको यो अभियानले फेरिपनि तराई मधेशको जनताको दुःखको साथी नेकपा एमाले नै हो भन्ने कुरा प्रमाणित गरेको धारणा राखे ।