३ कार्तिक २०८३, मंगलबार

२५ वटा योजनालाई ३ करोड, अस्पताल भवन र विपद् व्यवस्थापन प्राथमिकतामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २ पुस । चालु आर्थिक बर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्र्तगत प्राप्त ३ करोड वजेटमा निर्वाचन क्षेत्र २ मा २५ वटा योजना सञ्चालन गरिने भएको छ ।

योजना छनौट समितिका अध्यक्ष एमाले सांसद मन्जुकुमारी चौधरीको अध्यक्षतामा मंसिर ३० गते बसेको बैठकले २ नम्बर क्षेत्रका गाबिस र नगरपालिकाका सडक निर्माण, मर्मत, भवन निर्माण, नदी नियन्त्रण र विपद् व्यवस्थापनका लागि योजना छनौट र वजेट विनियोजन गरिएको हो ।

यसरी छनौट गरिएका योजनामध्ये निर्देशिका अनुसार १० लाखभन्दा तल नघटने गरी ४० लाखसम्मका योजना छनौट गरिएको छ । विनियोजित वजेटले आँखा अस्पताल भवन निर्माण र विप्द व्यवस्थापनलाई प्राथामिकता दिएको छ ।

आँखा अस्पताल भवन निर्माणमा ४० लाख र विपद् व्यवस्थापनतर्फ २० लाख बजेट विनियोजन गरिएको छनौट समितिका अध्यक्ष एवंम सांसद चौधरीले बताईन । २३ वटा योजनामा सबैलाई बराबर हुने गरी १० लाखका दरले वजेट विनियोजन गरिएको उनले बताईन् ।

१० लाखका योजनाअन्र्तगत सडक निर्माणमा पोखरी र भुट्टार गाबिसलाई छुने गरी सल्ले–भदौरे–पोखरी–भुट्टार, रौता र भुट्टारलाई जोडन पुवाँरे–पाँवु–भुट्टार, रौता गाबिसको पुँवारे–डुम्रिथुम्का–चौकीभन्ञ्याङ, रौता र नामेटार गाबिस जोडन पुवाँरे–डिल्लिवर–माझखर्क सडक स्तरोन्नती, पोखरी र भुट्टार गाबिस जोडन गोगुने–रवुवा–धमिनी–भुट्टारलाई वजेट विनियोजन गरिएको छ ।

त्यसैगरी चिलाउने गाबिसको सडक सञ्जाल विस्तार गर्न वेलदोभान–चिलाउने गाबिस भवन जाने बाटो, आँपटार गाबिसका लागि रानीबास–रौता–सल्ले–आहाले–हात्तिपाईले–कुर्लेटारअन्र्तगत हात्तिपाईले–कुर्लेटार खण्ड, त्रियुगा नगरपालिका ७ मोतिगडाका रामेश्वर चौधरीको घरदेखि उत्तर त्रियुगा खोलासम्म सडक स्तरोन्नती तथा ढल निर्माण, त्रिनपा ४ को असारी सडक स्तरोन्नती तथा नाला निर्माण (देविथानदेखि धरान–चतरा सडक र गोबिन्द दाहालको घर हुँदै उत्तर भुसुने, शहरे–अँधेरी सडक स्तरोन्नतीमा विनियोजन गरिएको छ ।

त्यसैगरी नाली निर्माणतर्फ त्रिनपा २ को सुन्दर मार्ग–मित्र मार्ग–मदन मार्ग–शिव मार्ग, त्रिनपा ६ को नमुना थारु टोल अधुरो स्तरोन्नती तथा नाली निर्माण, त्रिनपा ८ को घिमिरेटोल महेश्वर कार्कीको घरदेखि लोकबहादुर राउतको घरसम्म सडक स्तरोन्नती तथा नाला निर्माण, त्रिनपा १३ को बाँझगाउँ–जनज्योती उमावि चुहाडे पछाडीको चौकसम्म सडक स्तरोन्नती तथा नाला निर्माण, त्रिनपा १६ को दिपुटोल चौक–डाँडाटोल–खपडा टोट सडक स्तरोन्नती तथा नाला निर्माण, त्रिनपा १५ को आँपसोता खोला कल्र्भट निर्माणमा विनियोजन गरिएको छ ।

यसैगरी भवन निर्माणतर्फ जनता उमाबि हाडेबास भलायडाँडा, रौता जनता क्याम्पस, जनप्रेमी रेशमलाल परमानन्द निमावि त्रिनपा ८ वगाहा पुस्तकालय भवन, त्रिनपा ११ को मजदुर भवन र त्रिनपा १५ को दनुवार समाज सामुदायिक भवन निर्माणमा विनियोजन गरिएको छ ।

त्यस्तै नदी नियन्त्रणतर्फ त्रिनपा ५ पोर्ताहमा वरुवा खोला, त्रिनपा १४ मा उत्तरबारी टोल देउरी गाउँ संरक्षणका लागि सरस्वती खोला दक्षिण किनारा बाँध निर्माण र विपद् व्यवस्थापनमा त्रिनपाका अर्ना खोला, खयरजोरी, फार्सेट, लालपत्ता, जलजले, गेरुवा खोला लगायत रहेकाछन् ।

छनौट गरिएका योजनामा जनताको बढी चासो, आबश्यकता, सहजतालाई मध्यनजर गरी जनताले सेवा पाउन भन्ने हेतुले गरिएको सांसद चौधरीले बताईन् । उनले सकेसम्म सबैका मागलाई समेटने कोसिस गरेपनि वजेट अभावका कारण केहि छुटन गएकाले आगामी दिनमा त्यस्तालाई पुनः समेटने गरी छनौट गरिने बताईन् ।

सांसद चौधरीले जनताका आधारभूत आबश्यकता र वास्तविक समस्या के हो, योजना दिँदाका फाईदाहरु के के हुन सक्दछन्, कति जनसंख्या लाभान्वित हुन्छन्, समावेशीमुखी छ की छैन्, जनताको पंक्षमा छ की छैन्, योजना सञ्चालन हुन सक्छ की सक्दैन सबै कुरालाई मध्यनजर गरिएको बताईन् ।

आँखा अस्पताल भवनका सन्र्दभमा भवन अभावमा भने जस्तो सेवासुबिधा दिन नसक्ने र सामान्य उपचार वाहेक सबै उपचारका लागि जिल्ला वाहिर जानु पर्ने जस्ता समस्या जनताबाट व्यापक गुनासो आएकाले प्राथामिकता दिइएको उनको भनाई छ ।

‘भवन नहुँदा चिकित्सक, दक्ष प्राविधिक नबस्ने, उपचारकै लागि ठुलो रकम खर्च गरेर वाहिर जानु पर्ने समस्या जनताबाट गुनासो आयो,’ उनले भनिन्, ‘सानो सहयोगले जिल्लाबासीलाई सहजता मिलोस भनेर अस्पताललाई प्राथामिकतामा राखेको हुँ ।’

नेपाल नेत्र ज्योति संघ उदयपुरले सञ्चालन गरेको प्राथामिक आँखा उपचार केन्द्र गाईघाटले त्रियुगा नगरपालिकलाई मासिक भाँडा तिरेर भएपनि उदयपुर, खोटाङ, भोजपुरका जनतालाई प्रत्यक्षरुपमा सेवा पुर्याउँदै आएको संघका अध्यक्ष भागवत राउतले बताए ।

कहाँ कति वजेट ?

१. आँखा अस्पताल भवन निर्माण त्रिनपा १ मा ४० लाख
२. विपद् व्यवस्थापन तारजाली त्रिनपा क्षेत्र २० लाख
३. पोखरी र भुट्टार जोडने सल्ले–भदौरे–पोखरी–भुट्टार १० लाख
४. रौता र भुट्टारलाई जोडन पुवाँरे–पाँवु–भुट्टार १० लाख
५. रौता गाबिसको पुँवारे–डुम्रिथुम्का–चौकीभन्ञ्याङ १० लाख
६. रौता र नामेटार जोडन पुवाँरे–डिल्लिवर–माझखर्क सडक स्तरोन्नती १० लाख
७. पोखरी र भुट्टार गाबिस जोडन गोगुने–रवुवा–धमिनी–भुट्टार १० लाख
८. चिलाउने गाबिसमा वेलदोभान–चिलाउने गाबिस भवन जाने बाटो १० लाख
९. आँपटार गाबिसका लागि रानीबास–रौता–सल्ले–आहाले–हात्तिपाईले–कुर्लेटारअन्र्तगत हात्तिपाईले–कुर्लेटार खण्ड १० लाख
१०. त्रियुगा नगरपालिका ७ मोतिगडाका रामेश्वर चौधरीको घरदेखि उत्तर त्रियुगा खोलासम्म सडक स्तरोन्नती तथा ढल निर्माण १० लाख
११. त्रिनपा ४ को असारी सडक स्तरोन्नती तथा नाला निर्माण (देविथानदेखि धरान–चतरा सडक र गोबिन्द दाहालको घर हुँदै उत्तर भुसुने १० लाख
१२. शहरे–अँधेरी सडक स्तरोन्नतीमा १० लाख
१३. त्रिनपा २ को सुन्दर मार्ग–मित्र मार्ग–मदन मार्ग–शिव मार्ग, १० लाख
१४. त्रिनपा ६ को नमुना थारु टोल अधुरो स्तरोन्नती तथा नाली निर्माण १० लाख
१५. त्रिनपा ८ को घिमिरेटोल महेश्वर कार्कीको घरदेखि लोकबहादुर राउतको घरसम्म सडक स्तरोन्नती तथा नाला निर्माण १० लाख
१६. त्रिनपा १३ को बाँझगाउँ–जनज्योती उमावि चुहाडे पछाडीको चौकसम्म सडक स्तरोन्नती तथा नाला निर्माण १० लाख
१७. त्रिनपा १६ को दिपुटोल चौक–डाँडाटोल–खपडा टोट सडक स्तरोन्नती तथा नाला निर्माण १० लाख
१८. त्रिनपा १५ को आँपसोता खोला कल्र्भट निर्माणमा १० लाख
१९. जनता उमाबि हाडेबास भलायडाँडा १० लाख
२०. रौता जनता क्याम्पस १० लाख
२१. जनप्रेमी रेशमलाल परमानन्द निमावि त्रिनपा ८ वगाहामा १० लाख
२२. त्रिनपा ११ को मजदुर भवनमा १० लाख
२३. त्रिनपा १५ को दनुवार समाज सामुदायिक भवन १० लाख
२४. त्रिनपा ५ पोर्ताहमा वरुवा खोला नदी नियन्त्रण १० लाख
२५. त्रिनपा १४ उत्तरबारी टोलदेखि देउरी गाउँ संरक्षणका लागि सरस्वती खोला दक्षिण किनारामा बाँध निर्माण १० लाख ।