काठमाडौं, २ पुस । अमेरिकाले आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गर्न चीनसँग आग्रह गरेको छ ।
चीनले विहिबार दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट अमेरिकाको अन्डरवाटर ड्रोन नियन्त्रणमा लिएको थियो ।
समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेका बेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ओसन ग्लाइडर नामको उक्त ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्ता लगाउन प्रयोग गरिएको थियो ।
यसबारे चीनले कुनै जवाफ र प्रतिक्रिया दिएको छैन् ।
















प्रतिक्रिया