१९ कार्तिक २०८३, बिहिबार

एक महिनादेखि हराएकी महिलाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २ पुस । विगत एक महिनादेखि हराएकी एक महिलाको शव कुहिएको अवस्थामा आज बिहान सिरहा प्रहरीले फेला पारेको छ ।

गत कात्तिक २८ गतेदेखि हराएकी सिरहाको मिर्चैया नगरपालिका– ५ निवासी ४० वर्षीया ठकनीदेवी साहको शव इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा फेला पारेको हो ।

खोज तलासको क्रममा मिर्चैया नगरपालिका– ५ स्थित जिवा जङ्गलमा कुहिएको अवस्थामा साहको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

फेला परेको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस