काठमाडौं । नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’का कलाकार सुरज चापागाँई ‘बान्द्रे’ले विहे गरेका छन् ।
‘बान्द्रे’ले काठमाडौं चण्डोलकी उषा तिमल्सिनासँग बुधबार विहे गरेको पारिवारिक स्रोतले जनाएको छ ।
को हुन् उषा ?
एक वर्षअघि कार्यक्रम प्रस्तुतिका लागि गोंगबुको एउटा स्कुलमा पुग्दा ‘बान्द्रे’को पहिलो भेट उषासँग भएको थियो । उषा त्यहि स्कुलको शिक्षिका थिइन् । पहिलो भेटमा खासै बोलचाल भएन । तर, सुरजले भने आँखा लगाइसकेका थिए । साथीहरुबाट उषा मिसको नम्बर पत्ता लगाएका थिए । त्यसपछि त नियमित फोन सम्पर्कमा रहेँ । प्रेम बढ्दै गयो । एक वर्ष नपुग्दै परिवारको सहमतिमा विहे गरिछाडे ।
















प्रतिक्रिया