३ कार्तिक २०८३, मंगलबार

ह्वावे GR5 2017, डुअल क्यामरा फोन अब प्रि-बुकिङका लागि उपलब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । आफ्ना डुअल क्यामरा फोनले संसारलाई मोहित पारे पश्चात्, अब ह्वावे कन्ज्युमर बिजनेश ग्रुप (सिबिजी) अब नयाँ डुअल क्यामरा स्मार्टफोन नेपाली बजारमा ल्याउन तम्तयार छ ।

ह्वावे (सिबिजी) ले आफ्नो नयाँ डुअल क्यामरा फोन ह्वावे GR5 2017 को प्रि–बुकिङ यही पुस ३ गतेदेखि ७ गतेसम्म खुल्ला गरेको घोषणा गरेको छ । यो आकर्षक र पावरफुल स्मार्टफोन प्राविधिक ट्रेण्डसेटरहरुका लागि बनाइएको हो ।

आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण ह्वावे GR5 जस्तै नै ह्वावे GR5 2017 पनि अधिक मूल्यका ह्याण्डसेटलाई कडा प्रतिस्पर्धा दिन सक्षम छ ।

यसका साथै नयाँ GR5 2017 आफनो पुरानो भर्जनको पनि विकसित रुप हो, जसले अझ तेज परफरमेन्स, अतुलनीय ब्याट्री लाइफ र स्मार्टफोनको बजारमा नै सबैले खरिद गर्नसक्ने प्रिमियम डुअल क्यामरा प्रदान गर्दछ ।

ह्वावे GR5 2017 को उत्कृष्ट डुअल क्यामराको विशेषताका साथ सुपथ मूल्यमा उत्कृष्ट विशेषता प्रदान गरी ह्वावेले स्मार्टफोन उद्योगमा दरिलो फड्को मारेको छ । बजेट प्रति सचेत हुने प्रयोगकर्ताहरुका लागि यस डिभाइसमा दुई वटा डुअल क्यामरा राखेर ह्वावेले सबैलाई उत्कृष्ट फोटो खिच्ने डुअल क्यामराको पावर प्रदान गरेको छ । ह्वावे GR5 2017 को १२ एमबी र २ एमबी रियर क्यामराले मात्र ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर प्रयोगकर्तालाई डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्दछ, जसले गर्दा खिचेको फोटोहरुमा निकै नै राम्रो स्पष्टता र वाइड–एंगल सट् पाइन्छ, जुन सिंगल लेन्सबाट खिच्दा सम्भव हुँदैन ।

डुअल क्यामरा बाहेक, ह्वावे GR5 2017 मा निम्न विशेषताहरु छन्ः

– १२ एमबी र २ एमबीको दुइटा रियर क्यामराहरु
– ८ एमबी फ्रन्ट क्यामरा
– इन्टेलिजेन्ट पावर–सेभिङ प्रविधि भएको 3340 mAh को ठूलो ब्याट्री
– HiSilicon Kirin 655 Octa-Core प्रोसेसर
– मात्र ०.३ सेकेण्डमा फाष्ट स्क्रीन अनलक
– ५.५ इन्चको हाइ–डेफिनेसन ठूला स्क्रीन
– दृश्यको त्रुटी हटाउनको लागि ब्लु लाईट फिलटर आउट
– ३ जीबी र्याम + ३२ जीबी रोम, १२८ जीबीसम्मको माइक्रोएस्डि कार्ड

ह्वावे GR5 2017 को मूल्य रु. २९,९९९ निर्धारण गरिएको छ र यो ग्रे, सिल्भर र गोल्ड रङ्गहरुमा उपलब्ध छ । कम्पनीले सुरुमा प्रि–बुकिङ गर्नेहरुका लागि ह्वावे ओरिजिनल पावर ब्याङ्क (13000 mAh) सित्तैमा दिने घोषणा गरेको छ ।

उपभोक्ताले आफ्नो नजिकको कुनै पनि ह्वावे स्टोरमा गएर ह्वावे GR5 2017 प्रि–बुकिङ गर्न सक्नेछन् ।