२ कार्तिक २०८३, सोमबार

दुई सन्तानकी आमा करिश्मासँग बिहे गर्न सन्दिपले डिभोर्स गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । संजय कपुरसँग सम्बन्धविच्छेदपछि करिष्मा कपुर अहिले आफ्नो परिवार र साथीहरुसँग रोमाञ्चित जीवन बिताइरहेकी छिन् ।

करिष्माको जीवनमा मुम्बईस्थित एक कम्पनीका सिइओ संदीप तेशनीवालले एउटा विशेष स्थान बनाएको समाचार चर्चामा छ । अब यो जोडीले भविष्यमा सँगै बस्ने सपना देख्न थालेको बताइएको छ ।

इन्डियाटुडेले बताए अनुसार करिष्मा र संदीव यो सम्बन्धलाई अर्को चरणमा पुगाउने तयारी गरिरहेका छन् ।

यसै विषयमा संदीपले मुम्बईको बान्द्रामा ठूलो घरको खोजी गरिरहेका छन् । यतिमात्र होइन, संदीपले आफ्नी श्रीमती अश्रितासँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् ।

संदीपले महँगो घर किनेर आफ्नी प्रेमिका करिष्मालाई उपहारस्वरुप दिने पनि धेरैले अनुमान गरेका छन् ।

करिष्मा अहिले आफ्ना दुई सन्तानलाई बुवा रणधीर कपुरसँगै बस्दै आएकी छिन् ।