२ कार्तिक २०८३, सोमबार

राप्रपामा दुई अविवाहित जेष्ठ महिला कलाकार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुनै बेला उत्ताउली हिरोइनको आरोप समेत खेपेकी रेखा थापाले आफ्नो पुरानो पार्टी माओवादी छाडेर कमल थापाको राप्रपामा प्रवेश गरेकी छिन् । उनलाई कमल थापाले पार्टीमा भित्र्याएका पनि छन् ।

चर्चा रेखा राप्रपामा प्रवेश गर्नुभन्दा पनि राप्रपामा अविवाहित दुई चर्चित महिला कलाकारको हुन थालेको छ । ती हुन् रेखा थापा र कोमल ओली । रेखा थापा छविराज ओझासँगको लामो समयको रिलेशनमा बसेर छुट्टिएकी हुन् । कोमल ओली त झन् बिहे नै नगरेर बसेकी छिन् ।

अहिले चर्चा हुन थालेको छ । कमल थापाले कोमल ओली र रेखा थापालाई भित्र्याएर बिहे गराइदिने हुन् कि भनेर । सामाजिक सञ्जालमा कमल थापा, कोमल ओली र रेखा थापाको जसरी चर्चा भए पनि कोमल ओली र रेखा थापाको राप्रपा प्रवेशले साताभरि उनीहरू हटकेक बनेका छन् ।

राप्रपामा प्रवेश गरेर पार्टीलाई के कति फाइदा पुगाउने हुन् उनीहरू त्यो हेर्न बाँकी छ । माओवादीमा रहेर कुनै सिन्को पनि भाँच्न नसकेकी रेखाले राप्रपा अन्तिम पार्टी हुने भनेर प्रतिक्रिया पनि दिएकी छिन् ।