यूएई । यूएईमा रोजगारीको शिलशिलामा आएको ९ महिनामा नै एक नेपालीको ज्यान गएको छ । कंन्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ बनगाउँ घर भएका मनोज ठगुन्नाको २४ वर्षको कलकलाउँदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको हो ।
विदेशबाट कमाएर घरपरिवारलाई सुःख दिने सपना बोकेर ९ महिना पहिले अबुधाबीमा रहेको अल–धावी सिक्युरिटी कम्पनीमा कामको लागि आएका ठगुन्ना सोही कम्पनीको आजमान शाखामा सिक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।
बिदेशमा गएको ९ महिनामै छोराको मृत्यु भएको खबरले घरमा आमा–बुवाको बेहाल भएको छ ।
सधैं जस्तै साँझ खाना खाएर सुत्ने तयारी गरी रहेका बेला गत ११ डिसेम्बर सोमबार राति करिब १० बजे एक्कासि छाती दुख्न थाल्यो भनि चिच्याएका उनको कोठामा रहेका सहकर्मीहरुले अस्पातल जाउँभन्दा सामान्य दुखाई हो भनि सुत्नु खोजेका थिए ।
तर १० मिनेटपछि फेरि छातीमा दुख्यो भन्दै चिच्याएर उठ्दै गर्दा ढलेपछि कोठामा भएका सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पातल पुराउँदा डाक्टरले ठगुन्नालाई मृत्त घोषित गरेका थिए ।
मृतक ठगुन्नाको शव आजमानस्थित सेख ख़लीफ़ा अस्पतालको शव गृहमा राखिएको छ ।
सबै कानूनी प्रकृया पूरा गरेर मृतकको शव जतिसक्दो छिटो स्वदेश पठाउन पहल भइरहेको सुदूर पश्चिम सेवा समाज यूएई अलएेन क्षेत्रीय समितिका अध्यक्ष दिनेश महराले हामीलाई जानकारी दिए ।
















प्रतिक्रिया