३ कार्तिक २०८३, मंगलबार

१५ दिनसम्म सबै ब्राण्डका मोबाइल सस्तोमा, पहिलोपटक फिक्स मूल्यमा मोबाइल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अबसर पार्दै सुपरमार्केट जस्तै मोबाइलमा फिक्स मुल्य राखी  मोबाइलको कारोबार गर्ने  भएको छ ।

अन्यत्र भन्दा सस्तो मुल्यमा सबै ब्राण्डका मोबाइल उपलब्ध गराउने एप्पल वर्ल्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो ।

प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको बताउँदै एप्पल वर्ल्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै ढुक्क भएर मोबाइल एक्सचेन्ज, रिपेयर र मोबाइल खरिद गर्न आब्हान गरे  ।

बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वर्ल्डभिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वर्ल्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा गरेको छ ।

बम्पर पुरस्कार अन्तर्गतको स्कुटर नवलपरासीका जनक ढकालले प्राप्त गरेका छन् ।  उनले सिटिसी मलको द वल्र्डभिजन मोबाइलमा सेट खरिद गरेका थिए । बिजेताको घोषणा बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले गरेका थिए । लक्की ड्र घोषणा कार्यक्रममा आइएमसका प्रेशिडेन्ट दिकेश मलहोत्रा, सदिक्षा श्रेष्ठ, मेलिना मानन्धर लगायत नेपाली सिने क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।