काठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा मोरङ्ग जिल्लाको सरोभाग गाविस कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक अरुण श्रेष्ठबाट गरिएको थियो र उक्त कार्यक्रममा बैंकका संचालक दिपक कार्की तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना समेतको उपस्थिति रहेको बैंकले जनाएको छ ।
उक्त अवसरमा संचालक दिपक कार्कीले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कर्सिया शाखासहित बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
सोही अवसरमा नेपाल बङ्गलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित श्री शारदा मावि लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना ज्यूद्वारा हस्तान्तरण गरिएको थियो ।
बैंक को आ.व. २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।















प्रतिक्रिया