२ कार्तिक २०८३, सोमबार

करिश्माको आक्रोश- मान्छेको खोल ओडेका पिपासुहरूले लक्ष्मीको ज्यान लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karishma-sadकाठमाडौं । काभ्रेको सानो वाङथली गाविसमा गत बुधबार लक्ष्मी परियारलाई बोक्सी आरोपमा मानव मलमुत्र खुवाएर कुटपिट गरी हत्या गरियो । यो विषयमा महिलावादी संघ-संगठन मात्र होइन, कुनै पनि राजनीतिक दलले प्रतिक्रिया जनाएका छैनन् ।

एक्काइसौं शताब्दीमा पनि बोक्सीको आरोपमा शिक्षकले नै महिलामाथि हिंसा गरेको घटना ठूलो इस्यु बन्नुपथ्र्यो । तर, कोही पनि बोल्न अगाडि सरेका छैनन् । सो घटनामा प्रहरीकै कमजोरी देखिएपछि अहिले त्यसलाई ढाकछोपको प्रयास भइरहेको छ ।

यहीबेला नेपाली सिने जगतकी सदाबहार नायिका एवं नयाँ शक्ति नेपाल पार्टी नेतृ करिश्मा मानन्धरले लक्ष्मीको पक्षमा आफ्नो धारणा राखेकी छन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पुरुष प्रधान समाजका कारण लक्ष्मी परियार जस्ता महिलाले आफ्नो जीवन गुमाउनु परेको बताएकी छन् ।

उनले सुकिलो लुगा लगाएर हिँडे मात्र पनि के बहानाले बात लगाउँ भन्ने पुरुषवादी सोचले एक्काइसौं शताब्दीमा पनि महिलाहरू खुलेआम हिँड्न नसकेको बताएकी छन् । यदि कोही महिला अगाडि बढ्न खोजेमा ऊ मानसिक र शारीरिक हिंसा बेहोर्न बाध्य हुन्छे, त्यही कारण नेपाली महिला अघि बढ्न नसकेको उनको भनाई छ ।

‘तराईमा त महिला अझै घरको दैलो काटेर निस्किन सकेका छैनन्, सायद लक्ष्मी परियारले शिर उठाएर नयाँ क्षितिज हेर्न खोजिन् होला, त्यसैले समाजका मान्छेको खोल ओडेर बसेका पिपासुहरूले उनको ज्यान नै लिए,’ करिश्माले लेखेकी छन् । उनले कुसंस्कार, कुरीति र महिला हिंसाविरुद्ध राज्य सत्तामा बस्नेले धेरैपटक भाषण गरे पनि गर्न नसकेकोमा आक्रोश जनाएकी छन् ।

करिश्माले लक्ष्मीका नाबालक सन्तानका लागि सरकारले सही व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।