२ कार्तिक २०८३, सोमबार

ओलीको जीवनीमा ‘रातो सूर्य’ फिल्म बन्ने, आफैले पनि अभिनय गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, २९ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको जीवनीलाई आधार बनाएर चलचित्र निर्माण हुने भएको छ ।

चलचित्रको निर्देशन दीपेन्द्रप्रसाद दाहालले गर्ने छन् । फिल्मको नाम ‘रातो सूर्य’ राखिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा अध्यक्ष ओली आफू पनि महत्वपूर्ण सिनमा सहभागी हुने निर्माण पक्षले दाबी गरेको छ ।

अध्यक्ष ओलीको बाल्यकालदेखि अहिलेसम्मको राजनीतिक यात्रालाई फिल्ममा देखाइनेछ । ‘रातो सूर्य’ फिल्मका लागि दाहालले थुप्रै अध्ययन गरेको जनाइएको छ ।

फिल्मको मंगलबार राजधानीमा शूभमूहर्त पनि गरिएको छ । फिल्ममा केपी ओलीको बाल्यकालदेखि हालसम्मको जीवनलाई प्रस्तुत गरिनेछ। फिल्मलाई दीपेन्द्र प्रसाद दाहालले लेखिरहेका छन् ।

यसअघि झापाको सुखानी काण्डमाथि ‘सुखानी’, विपी कोइरालामाथि वृत्तचित्रलगायत निर्देशन गरेका दाहालले ओलीमाथि फिल्म बनाउने उद्देश्यले सात वर्षदेखि अनुसन्धान गरिरहेको दाबी गरे । उनको भनाइमा ओलीको बाल्यकालदेखि हालसम्मका यथार्थ घटना देखाइने, जुन धेरैलाई थाहा नभएकाले काल्पनिकजस्तो लाग्न सक्ने बताए ।

ओलीको १६ देखि ४५ वर्षसम्मको उमेरसम्मको भूमिकामा अनुपम शर्माको अभिनय रहनेछ । ४५ देखि ६५ वर्षसम्मको भूमिकामा भने ओली आफैंले अभिनय गर्ने जनाइएको छ ।

निर्देशक दाहालले अध्यक्ष ओलीलाई राजधानीमै शूटिङमा सहभागी गराउने छन् । यस विषयमा ओलीसँग निर्माण पक्षले समय माग गरेको उल्लेख गरेको छ ।

हरिहर शर्मा, टीका पहाडी, विश्व बस्नेत, केशव भट्टराई, सुरवीर पण्डित, उत्तम केसी, कृपा बज्राचार्य, राज न्यौपानेलगायतले अभिनय गर्ने छन् । फिल्ममा जुगल डंगोलको संगीत रहनेछ ।