३ कार्तिक २०८३, मंगलबार

दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार सडक एक महिनाभित्रै शिल्यान्यासः मन्त्री लेखक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekha-ji

महेन्द्रनगर, २८ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्ड एक महिना भित्रै कालोपत्रेका लागि शिल्यान्यास गरिने बताउनुभएको छ ।

मंगलबार जिमुवा स्वास्थय चौकीको एम्बुलेन्स उद्घाटन गर्दै मन्त्री लेखकले भन्नुभयो- ‘कैलाली कञ्चनपुर जोड्ने दैजी–बेल्डाँडी–बेलौरी हुँदै डोकेबजार सम्मको सडकको काम पनि यसैबर्ष देखि सुचारु हुन्छ ।’

उक्त हुलाकी सडक कालोपत्रेका लागि झण्डै डेढ अर्बको टेण्डर भईसकेको बताउदै मन्त्री लेखकले कञ्चनपुर कैलाली जोड्ने दुई राजमार्ग हुने बताए ।