२ कार्तिक २०८३, सोमबार

रेखा थापाको नयाँ फिल्म ‘डायरी’ चैत ११ गते रिलिज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha

काठमाडौं । टिजर सार्वजनिक भएसंगै चर्चामा आएको फिल्म ‘डायरी’ आउदो चैत्र ११ मा रिलिज हुने भएको छ ।

टिजर सार्वजनिक गर्दा निर्माण युनिटले रिलिजको टार्गेट चैत भनेता पनि डेट भने सर्वाजनिक गरेको थिएन । ‘हामीले अन्य फिल्मको डेटसंग नाजुधोस भनेर खाली डेटमा सल्लाह गरिरहेका थियौ यसैले गर्दा पनि यतिबेला चैत्र ११ लाई रिलिज डेट तोकेका हौ’ निर्देशक अनिल योन्जनले बताए ।

फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् । फिल्म नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी छिन । फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन ।

पछिल्लो समय फिल्म नै हाक्ने रेखा यसमा भने कथा सुहाउदो भएकोले नै भिलेन बनेकी हुन् । पछिल्लो समय राप्रपा नेपालमा प्रवेश गरेसंगै चर्चामा आएकी रेखालाई दर्शकले यस फिल्ममा पहिलो पटक भिलेन अवतारमा देख्न पाउने छन् । फिल्ममा बिनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन् । फिल्मलाई उपत्यकामा गोविन्द शाहीले वितरण गर्नेछन ।