काठमाडौं, २७ मंसिर । एमाले निकट अनेरास्ववियु सहितका विद्यार्थी संगठनहरूले संविधान संशोधनको प्र्रस्ताव ‘राष्ट्रघाती’ रहेको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् ।
संयुक्त युवा विद्यार्थीहरूको आयोजनामा सोमबार बिहान माइतीघरमण्डलादेखि नयाँबानेश्वरसम्म दौड जुलुस आयोजना गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
‘विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त आयोजनामा दौड जुलुस निकालिएको हो’, उनले भने, ‘संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव फिर्ताका लागि दबाब दिन दौड जुलुस निकालिएका हौँ ।’
अनेरास्ववियु सहितका विद्यार्थी संगठनहरूले दैनिक सरह राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।











प्रतिक्रिया